भद्रपुर विमानस्थल आजदेखि १० दिनसम्म बन्द हुने

२०७६ कार्तिक २६,मंगलवार ०९:४०
file photo

झापा, २६ कात्तिक । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेले आजदेखि आगामी मंसिर ५ गतेसम्मका लागि बन्द हुने भएको हो ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*