मकवानपुरका ६ स्थानमा महिलाको लागि निःशुल्क स्वास्थ्य शिविर हुने

२०७६ कार्तिक २६,मंगलवार ०९:३१

मकवानपुर, २६ कात्तिक । मकवानपुरका विभिन्न ६ स्थानमा महिलाको लागि निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

रोटरी क्लव अफ हेटौँडा र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी समन्वयमा मकवानपुरका ६ स्थानमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर हुने भएको हो ।

 कहाँ–कहाँ हुँदैछ निःशुल्क शिविर

  • मंसिर ८ गते मकवानपुरगढी स्वास्थ्य चौकी शिखरकटेरीमा
  • मंसिर १० गते पदमपोखरी स्वास्थ्य चौकी, हेटौंडा–१३ र हेटौंडा–१७ डिपुचौरमा
  • मंसिर ११ गते माथिल्लो ज्यामिरे शहरी स्वास्थ्य केन्द्र, हेटौंडा–१९ मा
  • मंसिर १२ गते बसामाडी स्वास्थ्य चौकी, हेटौंडा–३ लेवटमा
  • मंसिर १३ गते शहरी स्वास्थ्य केन्द्र हेटौंडा–७, नागश्वतीमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*