नियमावली र कार्यविधिमा ढिलाइ

२०७६ कार्तिक २६,मंगलवार ०८:४३

मकवानपुर । आवश्यक विनियम, नियमावली र कार्यविधि नहुँदा हालसम्म पारित कानुन कार्यान्वयनमा ल्याउन प्रदेश मंत्रालयहरूलाई गाह्रो परेको छ ।

छलफलका लागि एजेन्डा र विधेयक नहुँदा एकातिर दुई महिनादेखि प्रदेशसभाको बैठक अवरुद्ध छ, अर्कातिर हालसम्म पारित भएका कानुन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूले आवश्यकताअनुसार विनियम, नियमावली र कार्यविधि बनाउन सकेका छैनन् । पारित भएर प्रमाणीकरण भइसकेका ऐन कार्यान्वयनमा चुनौती देखिएको छ ।

प्रदेश सरकार गठनको करिब दुई वर्षको अवधिमा प्रदेश सरकारले पहिचान गरेका  सबै कानुन अझै पनि निर्माण गर्न सकेको छैन ।

प्रदेश सरकारले ९९ वटा कानुन पहिचान गरेर फास्ट ट्र्याक विधिबाट निर्माण गर्ने उद्घोष गरेको थियो । हालसम्म प्रदेशसभाबाट ४५ वटा विधेयक मात्र पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् ।

सामान्यतया प्रदेशसभाबाट पास भएका विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा आएको मानिन्छ तर त्यस्ता ऐन कार्यान्वयनका लागि विषयगत मन्त्रालयले विनियम, नियमावली र कार्यविधि निर्माण गर्नु अनिवार्य छ । त्यसतर्फ मन्त्रालयहरूको तदारुकतामा कमी देखिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*