लेक लागेर फ्रान्सेली नागरिकको मृत्यु

तु खबर संवाददाता
२०७६ कार्तिक २५,सोमबार १६:५७
file photo

सोलुखुम्बु, २५ कात्तिक । नेपाल भ्रमणमा आएका फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको छ ।

कात्तिक १८ गते सोलुखुम्बु आई खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको चो यु भ्यु लज एन्ड रेष्टुरेण्टमा बास बसेका २८ वर्षीय फ्रान्सेली नागरिकको लेक लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

प्रहरीका अनुसार मार्रोन गेटान लुइस नाम गरेका उनको लेक लागेर बिरामी भई स्थानीय प्राथामिक उपचार केन्द्रमा उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएको हो ।

स्थानीय प्रहरीका अनुसार आवश्यक कानूनी प्रकृया पूरा गरी शवलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*