‘पोई पर्या काले’ डिसहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा रिलिज

२०७६ कार्तिक २४,आईतवार १७:३९

मकवानपुर, २४ कात्तिक । कार्तिक ८ गते बाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘पोई पर्या काले’ डिसहोमको सिनेमा घर च्य्नाल नम्बर १०८ मा रिलिज भएको छ ।

हलमा समेत सफल रहेको यो चलचित्र कार्तिक २२ गते शुक्रबारबाट डीसहोममा रिलिज भएको हो ।

हालसम्म चलचित्र हेर्न नपाएका दर्शकहरुलाई मध्यनजर गर्दै रिलिजमा ल्याइएको चलचित्रलाई दर्शकहरुले रु ३२५ मै घरमा स–परिवारको साथमा हेर्न सक्नेछन् ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको अभिनय रहेको छ ।

दैनिक ८ सो रहेको चलचित्रलाई दर्शकहरुले आफ्नो समय अनुकुल मिलाएर हेर्न सक्नेछन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*