‘गो ब्याक इण्डिया’ भन्दै हेटौँडाका आधा दर्जन संस्था सडकमा उत्रिए

२०७६ कार्तिक २३,शनिबार ०९:४०

मकवानपुर, २३ कात्तिक । भारत सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा विरोधसभा गरिएको छ ।

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै शुक्रबार हेटौँडाको बुद्धचोकमा विरोधसभा गरिएको हो ।

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै नागरिकको हक अधिकारको लागी बोल्दै आएका विभिन्न ६ वटा संघ–संस्थाले हेटौँडामा ‘गो ब्याक इण्डिया’ को नारा लगाई विरोध ¥याली निकालेर विरोध कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मकवानपुर जागरण अभियान, नेपालका अध्यक्ष कृष्णराज कोइराला, प्रकृति मानव केन्द्रित जनअभियानका अध्यक्ष अनुराधा उप्रेती, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र मकवानपुरका अध्यक्ष लक्ष्मी गौतम, शशक्त कार्की संघका उपाध्यक्ष रामशरण कार्की, हेटौंडाका चलचित्रका अभिनेता अमिर गौतम लगायत हेटौंडेली नागरिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम राष्ट्रिय जनसरोकार मन्च नेपालका अध्यक्ष उमेश गुणीको अध्यक्षतामा भएको हो ।

हेटौँडामा यसअघि विद्यार्थीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै प्रर्दशन गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*