हेटौंडामा सवारी दुर्घटना, मोटरसाइकल चालक तिमल्सिनाको मृत्यु

२०७६ कार्तिक २३,शनिबार ०८:१४

मकवानपुर, २३ कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नं. ७ न्युरेनीमा गएराति मोरटसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चौघडा बजारबाट हेटौंडातर्फ आउँदै गरेको ना ५९ प ५९२५ नं. को मोटरसाईकल अनियन्त्रित भई सडकपेटिको नालिमा खसेर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ बस्ने २४ वर्षीय राजेश तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मुत्यु भएको हो । उनको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ ।

सो दुर्घटनाबाट मोटरसाईकलमा सवार सोही गाउँपालिका –३ बस्ने २५ वर्षीय प्रल्हाद तिमिल्सिना घाईते भएका छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*