रौतहट विस्फोट : सशस्त्र प्रहरीका पूर्वएसपी लामा खोज्दै प्रहरी

२०७६ कार्तिक २२,शुक्रबार १६:०१

रौतहट, २२ कात्तिक । रौतहट विस्फोटनमा परेका घाइतेहरूको हत्या अभियोगमा तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामकृष्ण लामासमेत प्रहरीले पक्राउको प्रक्रिया अघि बढाएको छ ।

२७ चैत २०६४ मा रौतहटमा भएको विस्फोटनमा घाइते भएकाहरूलाई जलाएर मार्न एसपी लामाले सहयोग गरेको कुरा खुलेपछि प्रहरीले लामालाई अनुसन्धानका लागि पक्राउको प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरी स्रोतका अनुसार लामा नेपाल नरहेको पाइएपछि उनलाई प्रहरीको अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल शाखामार्फत पक्राउको प्रक्रिया अगाडि बढाइएको छ ।

रौटहट प्रहरीले लामालाई केही दिनअघिबाट नेपालमा खोजेको र नभेटेपछि इन्टरपोल शाखामार्फत खोजीका लागि भन्दै पत्राचार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

रौटहट विस्फोटनका मुख्य अभियुक्त पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम यसअघि पक्राउ परिसकेका छन् ।

उनीमाथि रौतहट जिल्ला अदालतमा सामूह हत्या, विस्फोटक पदार्थअन्तर्गतका तीनवटा मुद्दा दर्ता भएका छन् । उनीमाथि हाल अदालतमा थुनछेक बहस चलिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*