ब्राउन सुगरसहित २ जना प्रहरीको नियन्त्रणमा

२०७६ कार्तिक २२,शुक्रबार १५:४९

बुटवल, २२ कात्तिक । रुपन्देहीको सैनामैना नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका वडा न ५ बस्ने वर्ष ३० का रमेश हमाल र वडा न ६ बस्ने वर्ष ३५ का अशोक परियार रहेका छन् ।

गत कात्तिक २० गते सैनामैना ६ कलौनीबाट ६२४ मिलिग्राम ब्राउन सुगर नामक लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने दुवैलाई लागूऔषधसम्बन्धी मुद्धा दर्ता गरि कानुनी कार्वाही अघि बढाउने इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*