स्वास्थ्य मन्त्रालयद्वारा समायोजन सूची सार्वजनिक

२०७६ कार्तिक २२,शुक्रबार १५:२४

मकवानपुर, २२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत परेका स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको छ ।

लामो समयदेखि समायोजनको झमेला झेल्दै आएको स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) संघ अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयले सिनियर अहेव अधिकृत १३२, स्टाफ नर्समा ७८६ र जनस्वास्थ्य निरीक्षक ३४ जनाको सूची सार्वजनिक गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*