हुण्डी कारोबारमा संलग्न तीन जना १८ लाखसहित पक्राउ

२०७६ कार्तिक २२,शुक्रबार १४:५३

काठमाडौं, २२ कात्तिक । वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट प्रहरीले हुण्डी कारोबामा संलग्न तीन जनालाई १८ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको छ ।

प्रहरीले हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट ३ वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरुलाई उक्त रकमसहित पक्राउ गरेको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*