उपल्लो मुस्ताङमा आजबाट हिउँ पर्न थाल्यो

२०७६ कार्तिक २२,शुक्रबार १४:४२

मुस्ताङ, २२ कात्तिक । उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई÷तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*