हेटौँडाको हटियामा शिशुको शव फेला

२०७६ कार्तिक २२,शुक्रबार १४:३२

मकवानपुर, २२ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १६ र वडा नं.१७ को सिमानामा पर्ने हटिया खमारेस्थित नवजात शिशुको शव फेला परेको छ ।

हटियाको खमारेस्थित सडक छेउ गाडेको अवस्थामा आज (शुक्रबार) नवजात शिशु (पुरुष) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त शव हाल हेटौँडा अस्पतालमा ल्याएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले उक्त घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*