हेटौँडामा १२५ जनाले गराए निःशुल्क स्वास्थ्य परिक्षण

२०७६ कार्तिक २१,बिहीबार ०९:५७

मकवानपुर, २१ कात्तिक । हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयमा बुधबारबाट सुरु गरेको निःशुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविरमा १२५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

हेटौंडा–५ र नेपाल परिवार नियोजन संघ, मकवानपुर शाखाको संयुक्त आयोजनामा संचालन गरिएको घुम्ती स्वास्थ्य शिविरमा बुधबार मात्र १२५ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।

स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर, इम्प्लान्ट, आइयुसिडी, यौन रोग तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्वास्थ्य परिक्षण गराउन आएका १२५ मध्ये ११५ जनामा पाठेघरको मुखको क्यान्सर, ४५ जनामा यौन रोग तथा १० जनामा उच्च रक्तचाप, ढाड दुख्नेजस्ता सामान्य समस्याहरु देखापरेको नेपाल परिवार नियोजन संघ, मकवानपुर शाखाका महेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार, आज बिहीबार पनि शिविर संचालन हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*