मकवानपुरगढी स्वास्थ्य चौकीमा आजबाट ल्याब सेवा संचालन

२०७६ कार्तिक २०,बुधबार १७:४०

मकवानपुर, २० कात्तिक । मकवानपुरगढी स्वास्थ्य चौकिमा आज (बुधबार) बाट ल्याब सेवा संचालनमा आएको छ ।

मकवानपुरगढी शिखरकटेरीमा रहेको उक्त स्वास्थ्य चौकीमा आज एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले स्वास्थ्य प्रयोगशालाको सुरुवात गरेका हुन् ।

उक्त कार्यक्रम वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखान सिं पाख्रिनको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा स्वास्थ्य चौकीबाट २ नम्बर प्रदेशमा सरुवा हुनु भएका हेल्थ असिस्टेन्ट प्रमोद रौनियार, अनमी विनिताकुमारी मण्डललाई विदाई गरिएको थियो भने अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई स्वागत गरिएको थियो ।

प्रयोगशाला निर्माणका लागि वडा कार्यालयबाट ६० हजार रुपैँया र राष्ट्रिय प्रयोगशाला काठमाडौंबाट ३ लाख ५० हजार रुपैँयाको सामग्री सहयोग प्राप्त भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*