अर्काकी श्रीमतीसँग ओच्छ्यानमै पक्राउ परे मकवानपुरका कार्की

२०७६ कार्तिक २०,बुधबार १०:३६
File Photo

मकवानपुर, २० कात्तिक । अर्काकी श्रीमतीसँग यौनसम्पर्क गर्दागर्दै थाहाका सुदर्शन कार्की पक्राउ परेका छन् । कार्की मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ को एक घरको ओच्छ्यानबाटै पक्राउ परेका हुन् ।

विवाहित महिलालाई आफ्नो मायाजालमा पारेर यौनसम्पर्क राख्दै गर्दा उनलाई स्थानीयले ओच्छ्यानबाटै पक्राउ गरेको हो ।

कार्कीलाई राति १२ बजेको समयमा पक्राउ गरेको प्रहरी चौकी डाँडाखर्कका असई शर्माप्रसाद यादवले जानकारी दिए । यो समाचार आजको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*