गढी गाउँपालिकाका टोल विकास संस्था समाज विकास तथा जागरणका लागि प्रभावकारी बन्दै

तु खबर संवाददाता
२०७६ कार्तिक १४,बिहीबार १६:०८

मकवानपुर, १४ कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका टोल विकास संस्था समाज विकास तथा जागरणका लागि प्रभावकारी बनेका छन् ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ९ भित्र गठन भएका विभिन्न टोल विकास संस्था स्थानीय विकास तथा सामाजिक जागरणको कार्यमा प्रभावकारी बनेका हुन् ।

मकवानपुरगढी वडा नम्बर ६, आमभञ्ज्याङ, घोप्टेबेशीमा रहेको नवदुर्गा टोल विकास संस्थाले समुदायमा विकास, सुशासनका लागि प्रभावकारी भूमिकामा सक्रिय छ ।

संस्थाको पहिलो वार्षिकोत्सवका अवसरमा कार्यक्रमका प्रमुख अतिथी मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंल स्थानीय विकास तथा जनसरोकारका कार्य गर्न टोल विकास संस्थाले आपसमा समन्वयको कार्य गरेको बताए ।

उनले गाउँपालिकाले तय गरेको ‘मकवानपुरगढीको आधार : शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ नारालाई सार्थकता दिनका लागि गाउँमा रहेका टोल विकास संस्थाले विशेष भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।

विगतमा गाउँमा दुःखका बेला संघर्षले जीवन गुजारेकाहरु अहिले गाउँमा विकासको लहर आउँदा गाउँ छाड्न थालेको पाइएकाले यसतर्फ टोल विकास संस्था गाउँ बनाउँने अभियानमा लाग्नुपर्नेमा हुमागाईंले जोड दिए ।

गाउँपालिकामा कृषि, पर्यटन लगायतको राम्रो सम्भावना रहेकाले आफ्नो तर्फबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*