मकवानपुरमा डेंगु रोगको प्रभाब बढ्दै

२०७६ कार्तिक ८,शुक्रबार १६:१६

हेटौँडा, ८ कात्तिक । मकवानपुर जिल्लामा अहिले जाडोको मौसम सुरुवात भएपनि डेंगु रोगका बिरामीको संख्या बढ्दै गएको छ ।

मकवानपुरमा आज (शुक्रबार) अपराह्न सम्ममा २ हजार १ सय ४५ जना डेंगु रोगीका बिरामीहरुको पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्लाको सिमानामा पर्ने प्रदेश नं. २ बारा जिल्लाको अमलेखगञ्जबाट डेंगु रोगबाट प्रभाबित भई उपचारको लागि दैनिक हेटौँडाको विभिन्न अस्पतालमा उपचार गराईरहेकोले मकवानपुरमा डेंगु रोगीको संख्यामा थप वृद्धि भएको हो ।

डेंगु रोगका बिरामीहरुको हाल काठमाडौं, ललितपुर, चितवनको भरतपुर र हेटौँडाको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेको हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा. प्रबिन श्रेष्ठले बताए ।

हाल मकवानपुर जिल्लामा डेंगु रोगको प्रभाबबाट कुनै पनि बिरामीको उपचारको क्रममा मृत्यु नभएको र तत्काल रोगको पहिचान गर्न बिरामीलाई नि ः शुल्क किटको व्यवस्था गरिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*