चर्चित गायक भिटेन पक्राउ

२०७६ कार्तिक ७,बिहीबार १२:२१

मकवानपुर, ७ कात्तिक । पछिल्लो पटक निकै चर्चामा आएका र्‍यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट पक्राउ गरेको हो ।

उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । उनलाई त्यही गीतमा भएका अश्लील शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा बिहिबार (आज) पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*