बसको ठक्करबाट श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७६ कार्तिक ६,बुधबार १४:११
file photo

काठमाडौं, ६ कात्तिक । बुधबार (आज) बिहान बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–३, ठुलो भर्याङ बस्ने ६७ वर्षीया सानुमाया श्रेष्ठ रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको हलचोकमा बिहान ९ बजे बा ४ ख ८४०६ नम्बरको बसको ठक्करबाट दिँदा उनी गम्भीर घाईते भएका थिए ।

दुर्घटनाबाट गम्भीर घाईते भएका उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*