सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

२०७६ कार्तिक ३,आईतवार १७:४६

काठमाडौं, ३ कात्तिक । दोलखाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आइतबार अदालतमा हाजिर भएका थिए ।

२०७४ वैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*