पर्साबाट पक्राउ परे हेटौँडाका थापासहित २ जना

२०७६ कार्तिक ३,आईतवार १७:१०

मकवानपुर, ३ कात्तिक । वीरगंज महानगरपालिका–१० ठाकुरराम क्याम्पसस्थित सडक प्रहरीले लागूऔषधसहित हेटौंडाका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा –२ बस्ने ३० वर्षीय दिपेन्द्र थापा र हेटौंडा–४ बस्ने ३० वर्षीय फिरोज अंसारी रहेका छन् ।

सशस्त्र प्रहरी बल गण पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ओनरेक्स २८ बोतलसहित शनिबार पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट बीरगंजतर्फ ना १९ प १२६७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका उनीहरुलाई प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पर्सा प्रहरीले उक्त लागूऔषध र मोटरसाईकलसहित उनीहरुलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*