हेटौँडाका शाह मेडिकल हलमा शिलबन्दी

२०७६ कार्तिक ३,आईतवार १६:४९

मकवानपुर, ३ कात्तिक । सरकारी अस्पताल र हेल्थपोस्टबाट निःशुल्क वितरण गरिने औषधी स–शुल्क बेचेको पाइएपछि हेटौँडाको शाह मेडिकल हलमा शिलबन्दी गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरास्थित रहेको उक्त मेडिकल जिल्ला प्रशसान कार्यलयका सहदेव आचार्य र हेटौंडा उपमहानगरपालिकाका नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

नेपाल सरकारबाट निःशुल्क वितरण गरिने भनि लेखिएको शक्तिजल प्रतिगोटा १० रुपैयाँका दरले बेचेको पाइएपछि उक्त मेडिकलमा शिलबन्दी गरिएको हो ।

अनुगमनका क्रममा निःशुल्क वितरण गरिने डाइजिन, आइ ड्रप लगायतका केही प्रकारका औषधी पनि बरामद भएको अनुगमन टोलीमा रहेका उपभोक्ता मन्च मकवानपुुुरका अध्यक्ष कुमार पौडेलले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*