मकवानपुरमा दूधको पाउडर प्लान्ट निर्माण गर्ने तयारी

२०७६ कार्तिक ३,आईतवार १५:४४

हेटौंडा, ३ कात्तिक । प्रदेश–३ सरकारको लगानीमा मकवानपुर जिल्लामा दूधको पाउडर प्लान्ट निर्माण गर्ने तयारी गरेको छ ।

प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले बहुवर्षिय योजना बनाएर दूधको पाउडर प्लान्ट निर्माण गर्ने तयारी गरेको हो ।

निजी क्षेत्र, सहकारी र दुध विकास संस्थानसंगको साझेदारीमा मकवानपुरमा पाउडर प्लान्ट निर्माण गर्ने तयारीमा लागिएको प्रदेशका भूमि व्यावस्था, कृषि, तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।

बहुवर्षिय योजना अनुसार निर्माण गरिने पाउडर प्लान्टका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको वजेटमा ५० लाख रुपैयाँ छुट्याएको छ ।

दूधको पाउडर प्लान्ट निर्माण गर्दा ५१ प्रतिशत प्रदेश सरकारले लगानी गर्ने र अरु निजी, सहकारी क्षेत्रबाट लगानी गरेर काम गर्ने तयारी गरिएको मन्त्री लामाले बताए ।

दुध बढी भएको समयमा पाउडर बनाउनका लागि सहज होस् भन्ने उद्देश्यले प्रदेश सरकारले यो योजना ल्याएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*