१ सय २२ केजी गाँजासहित मकवानपुरका मोक्तान पक्राउ

२०७६ कार्तिक ३,आईतवार १५:१२

मकवानपुर, ३ कात्तिक । लागूऔषध गाँजा १ सय २२  केजी १ सय  ग्रामसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने ३३ वर्षीय प्रकाश मोक्तान रहेका छन् ।

मोक्तानलाई तालुक ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवापुरबाट खटिएको संयुक्त टोलीले शुक्रबार उक्त लागूऔषध गाँजासहित पक्राउ गरेको हो । उनलाई शुक्रबार पक्राउ गरिएको भएपनि प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले निजको घरमा चेकजाचँ गर्दा ६ वटा सेतो रङको बोरामा लुकाई छिपाई राखेको उक्त परिणामको गाँजा फेला परेपछि निजलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।

उनका अनुसार, निजलाई पक्राउ गरी घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*