यस्तो छ आज नेपाली बजारमा सुनको भाउ

२०७६ कार्तिक ३,आईतवार १४:४९

काठमाडौं, ३ कात्तिक । आज आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुनलनामा आज नेपाली बजारमा सुन प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महाशाखाका अनुसार, शुक्रबार सुन प्रतितोला ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला रु ७० हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ८५० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*