लखनउमा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते

२०७६ कार्तिक ३,आईतवार १४:३९

काठमाडौं, ३ कात्तिक । नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् ।

आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ । घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालगञ्ज प्रहरीका अनुसार बस दुर्घटनाबारे प्रारम्भिक जानकारी आएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*