धारिलो हतियार प्रहार गरी राईको विभत्स हत्या, बस्नेत पक्राउ

२०७६ कार्तिक ३,आईतवार १४:३२

षडानन्द नगरपालिकामा एक युवतीको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा कल्पना र अर्का एक जनामाथि धारिलो हतियार प्रहार गरेको थियो ।

जसका कारण कल्पनाको घटना स्तलमै मृत्यु भएको थियो भने १८ वर्षीया नवीना राई घाईते भएका छन् । घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*