पहिचान स्थापित गर्न खेलकुद महत्वपुर्ण माध्यम हो : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ कार्तिक २,शनिबार ०९:३७
file photo

मकवानपुर, २ कात्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न खेलकुद महत्वपुर्ण माध्यम भएको बताएका छन् ।

शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा शुरु भएको पहिलो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनेले खेलले एकता र अनुशासनको सन्देश दिनुका साथै अन्तराष्ट्रिय स्तरमा देशलाई पहिचान दिलाउन सहज रहेको पनि बताए ।

खेलले विश्वमा नेपाल र नेपालीको पहिचान स्थापित गर्न सकेको भन्दै मुख्यमन्त्री पौडेलले खेलकुद क्षेत्रमा सरकारले समेत ध्यान दिएको बताए ।

माझी समुदायका अगुवाहरु संसददेखि विश्वविद्यालयसम्म भेटिन थालेको भन्दै उनले अगुवामात्र हैन अब सबै सिमान्तकृत जातजाति पनि अगाडि आउनु पर्ने बताए ।

उनले अवसर पाउने अगाडी बढ्दै गएको तर पछाडी परेकाहरु सधैं पछाडी नै परेको भन्दै पछाडी परेकाहरुलाई अगाडी ल्याउने वातावारण तयार पार्नुपर्ने धारणा राखेका थिए ।

माझी उत्थान समाज मकवानपुरको आयोजनामा नेपाल मै पहिलो पटक मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीस्थित खेल मैदानमा भएको प्रतियोगितामा १७ टिमको सहभागितामा रहेको छ ।

प्रतियोगितामा विशेष गरी माझी जातिको बसोबास रहेको प्रदेश १, २ र ३ तथा पश्चिमका जिल्लाहरूबाट समेत खेलाडीहरु सहभागि रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीले ५/५ हजार रुपैयाँ नगद प्राप्त आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*