मार्ने धम्की दिँदै बालिकामाथि पटकपटक करणी, शिक्षक पक्राउ

२०७६ कार्तिक १,शुक्रबार १७:०४
File Photo

धनुषा, १ कात्तिक । आफ्नै विद्यालयका विद्यार्थीलाई पटक पटक करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

करणी गरेको आरोपमा प्रहरीले धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर एकेडमी बोर्डिङ्घ स्कुलका शिक्षक टेकेन्द्र दाहाललाई पक्राउ गरेको हो ।

विद्यालयमा कक्षा १ मा अध्ययनरत ७ वर्षीया र कक्षा ३ मा अध्ययनरत ९ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक दहालले पटक पटक जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती शिक्षकले बालिकाहरुलाई फकाउदैँ र मार्ने धम्की दिँदै धेरै पटक करणी गरेका थिए।

घटना सार्वजनिक भएपछि गत असोज २८ गते शिक्षक टेकेन्द्रलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाहालमाथि जवरजस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*