ट्याक्टरबाट लडेर कार्कीको मृत्यु

२०७६ कार्तिक १,शुक्रबार १६:४२

मोरङ, १ कात्तिक । मधुमल्ला दमक भित्री सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

ट्याक्टरबाट लडेर मोरङ मिक्लाजुङ गाउँपालिका ६ भण्डारी चोकका २२ वर्षीय मिलन कार्कीको मृत्यु भएको हो ।

शुक्रबार बिहान ट्याक्टरबाट लडेर गम्भीर घाईते भएका उनको झापा दमकको लाइफलाईन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

उक्त ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*