कार्त्तिक १३ गते सार्वजनिक बिदा दिनुपर्ने सांसद शाक्यको माग

तु खबर संवाददाता
२०७६ कार्तिक १,शुक्रबार १६:३५

मकवानपुर, १ कात्तिक । प्रदेश–३ का सांसद डा. अजयक्रान्ति शाक्यले यही कात्तिक १३ गर्ने सार्वजनिब बिदा दिनुपर्ने बताएका छन् । उनले कात्तिक १३ गते भाइटीका (किजापूजा) का लागि सरकारले दिनुपर्ने बताएका हुन् ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार सरकारले तिहारमा १० गतेदेखि १२ गतेसम्म बिदा दिने निर्णय गरे पनि १३ गते नेवार समुदायको दिन भएकाले बिदा दिन सरकारसँग माग गरेका हुन् ।

सांसद शाक्यले नेवार समुदायको परम्पराअनुसार सूर्योदय बेला जुन तिथि हुन्छ, उक्त दिन त्यही पर्व मनाउने बताए ।

कात्तिक १२ गते सूर्योदय हुँदा प्रतिपदा तिथि पर्ने, नेपाल संवतको नयाँ वर्ष ११४० मनाउने र बेलुकी म्ह पूजा गर्नुपर्ने भएकोले उक्त दिन भाइटीका गर्न नसकिने र १३ गते मात्र भाइटीका हुनेभएकोले १३ गते बिदा दिन सरकारसँग बिदा माग गरिएको हो, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*