विपद् व्यवस्थापन न्यूनीकरणमा तीनै तहको सरकारको उत्तिकै भूमिका छ : बादल

२०७६ कार्तिक १,शुक्रबार १६:१७

काठमाडौं, १ कात्तिक । गृहमन्त्री रामबहादुर थापा बादलले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताएका छन् ।

नेपाल भौगर्भिक समाजले आज शुक्रबार आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस–२०७६ कार्यशाला गोष्ठी’मा उनले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताएका हुन् ।

गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गरे ।
विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थानमा भौतिक संरचनामा ध्यान दिनुपर्ने बताए । उनले २०७२ पछिको भूकम्पपछिको पुनःनिर्माण तीव्र गतिमा भइरहेको उल्लेख गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*