मकवानपुरका एक हजार ६७५ जनामा डेंगु रोग

२०७६ कार्तिक १,शुक्रबार १५:३७

हेटौँडा, १ कात्तिक । मकवानपुरको केही गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिका क्षेत्रमा डेंगु रोग नियन्त्रण गर्ने प्रयास गरिए पनि अझै डेंगु रोगका बिरामी बढ्दै गएको छ ।

आज (शुक्रबार) अपराह्नसम्ममा एक हजार ६७५ जना डेंगु रोगका बिरामीहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
गत साउनको पहिलो हप्तादेखि डेंगु रोगको प्रभाब सुरु भई आजसम्ममा जिल्लामा रोगको प्रभाब अझै पनि घट्न सकेको छैन ।

विभिन्न गाउँपालिका, थाहानगरपालिका र हेटौँडा उपनगरपालिकाको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम अन्तरगत जमेको पानी फ्याक्नुको साथै लामखट्टेको प्युपा र लाभा नष्ट गर्ने अभियान सञ्चालन गरिएको हेटौँडा उपनगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख सुपेन्द्र कार्र्की जानकारी दिए ।

केही प्रभाबित क्षेत्रमा अहिले लामखुट्टेको प्युपा र लाभा नष्ट गरिएको भएपनि प्रत्येक घरहरुमा रहेको कुलर र फ्रीजमा रहेको पानीमा लामखुट्टेहरुले आफ्नो प्रभाब बढाउँदै गएको हेटौँडा अस्पतालका प्रमुख चिकित्सक प्रविन श्रेष्ठले बताए ।

डेंगु रोगका बिरामीहरुलाई तत्काल रोग परीक्षणको लागि किट हेटौँडा उपनगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको उपमहानगरपालिकाले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*