विमानस्थलमा तोडफोड गर्ने साह साधारण तारेखमा रिहा

२०७६ कार्तिक १,शुक्रबार १५:०४

हेटौँडा १ कार्तिक । जनकपुर विमानस्थलमा तोडफोड गरेपछि पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश गरेको छ ।

अदालतको आदेशपछि सांसद साह साधारण तारेखमा रिहा भएका हुन् ।

साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ ।

जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।

जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ कको आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*