नदीले बगाएर एक जना बेपत्ता

२०७६ कार्तिक १,शुक्रबार १४:२६

तेह्रथुम, १ कात्तिक । नदीले बगाएर तेह्रथुमका एक बृद्ध बेपत्ता भएका छन् । नदीले बगाएर तेह्रथुमको फेदाप गाउँपालिका–१, माझीगाउँ बस्ने ६४ वर्षीय वीरबहादुर माझी बेपत्ता भएका हुन्।

बिहीबार तमोर नदीको बीचमा रहेको बाँस निकाल्न जाने क्रममा अचानक नदीले बगाउँदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*