आगलागीमा परी एक जनाको मृत्यु

२०७६ कार्तिक १,शुक्रबार १४:०५

सुनसरी, १ कात्तिक । आगलागीमा परेर सुनसरीमा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी सुनसरीको गढी गाउँपालिका–२ का ५२ वर्षीय थुवा भूमिसुधार माझीको मृत्यु भएको हो ।

टाटीको बेरा र फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा गएराति १ बजे अचानक आगलागी हुँदा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*