ठगीको आरोपमा गुण्डा नाइके ‘बाघे’ पक्राउ

तु खबर संवाददाता
२०७६ कार्तिक १,शुक्रबार १३:५४

काठमाडौं, १ कात्तिक । प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

नाइके लामा बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले मात्रा नपुर्‍याई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*