रबि लामीछाने विदेश जान अदालतको अनुमति लिनु नपर्ने

२०७६ कार्तिक १,शुक्रबार ०९:५७

मकवानपुर, १ कात्तिक । पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या दुरुत्साहको आरोप लागेका टेलिभिजनकर्मी रवि लामीछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अदालतको अनुमती लिनुनपर्ने भएको छ ।

चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमती बिना विदेश जान रोक लगाएकोमा उच्च अदालत पाटन हेटौँडा इजलाशले उनीहरुलाई विदेश जान अनुमती नचाहिने बिहिकार आदेश सुनाएको हो ।

उच्च अदालत पाटन हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट विदेश जाने प्राबधान बाहेकका अन्य आदेश भने मिलेकै देखीएको भन्दै सदर गरिदिएको छ ।

चितवन जिल्ला अदालतले पत्रकार  पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।

यस्तै लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*