दुई प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भए सामाजिक सुरक्षा कोषमा

२०७६ कार्तिक १,शुक्रबार ०८:२६

सरकारले निकै महत्व दिएर सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा करिब २ प्रतिशत मात्रै प्रतिष्ठान दर्ता भएका छन् । सरकारले कोषमा सूचीकृत हुन दिएको अवधि असोज मसान्तसम्म ८ हजार ३ सय प्रष्तिठान सूचीकृत भएका छन् ।

राष्ट्रिय आर्थिक गणना ०७५ अनुसार नेपालमा ९ लाख २३ हजार ३ सय प्रतिष्ठानहरू सञ्चालनमा छन् । त्यसमध्ये सरकारी निकायमा दर्ता भएका प्रतिष्ठानको संख्या ४ लाख ६२ हजार ६ सय ५ छ । यसलाई आधार मान्दा बिहीबारसम्म १ दशमलव ७९ प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् । कोषमा दर्ता भएका श्रमिकको संख्या भने करिब १ लाख छ ।

सरकारले ०७५ साउन १ देखि सामाजिक सुरक्षा योजना सुरु गरेको हो । यस योजनाअनुसार श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत ९रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट ११ प्रतिशत० रकम जम्मा गर्नुपर्नेछ । यसरी जम्मा भएको रकममध्ये कोषले १ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि छुट्याएको छ । १ दशमलव ४ प्रतिशत दुर्घटना तथा अशक्तता, शून्य दशमलव २७ प्रतिशत आश्रित परिवार र २८ दशमलव ३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनाका लागि बाँडफाँड गरेको छ ।

कोषमा दर्ता भएकामध्ये अधिकांश ठूला प्रतिष्ठानहरू रहेको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*