भरुवा बन्दुकसहित मकवानपुरका मोक्तान पक्राउ

२०७६ आश्विन ३०,बिहीबार १५:४७

मकवानपुर, ३० असोज । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ५ स्थित थानेडाँडाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिगएको प्रहरी टोलिले भरुवा बन्दुकसहित स्थानीय ५६ वर्षीय रामबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

प्रहरीले मोक्तानको घर खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारेपछि निजलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निजलाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*