विश्वको प्रेरणादायी महिलाको सूचीमा नेपालकी बोनिता

२०७६ आश्विन २९,बुधबार १७:०१

विश्वको प्रेरणादायी १०० महिला २०१९ को सूचीमा नेपालकी बोनिता शर्मा पनि पर्न सफल भएकी छन् ।

बिबिसीले प्रत्येक वर्ष विश्वका विभिन्न देशबाट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । बिबिसीले हरेक वर्ष झै यस वर्ष पनि प्रेरणादायी महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी बोनिता शर्मा पनि पर्न सफल भएकी हुन् ।

उनी सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापकसमेत हुन् । उनको संस्थाले कुपोषणबाट हुने बाल मृत्युदरसँग लड्न सुत्केरी आमाका लागि न्युट्रिबिड्स डिजाइन गरेको छ।

यो एक किसिमको ब्रासलेट हो जुन विभिन्न रङका दानाबाट बनाइएको छ। सुत्केरी आमाले आफ्नो बच्चालाई के खुवाउने भन्ने सम्झाउन यस ब्रासलेटले मद्दत गर्छ।

उनका प्रोजेक्टहरूलाई युनेस्को मलाला कोषबाट केटीहरूको शिक्षाको अधिकारका लागि पुरस्कृतसमेत भएकी छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*