आगामी कार्तिक २ र ३ गते २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

२०७६ आश्विन २९,बुधबार १६:२०

मकवानपुर, २९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ ।

आर्थिक वर्ष ०७६–७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्षसम्मका करीब २७ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार, ६ महिनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र ५ वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप पनि लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ ।

कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*