नेपालको विकासका लागि त्रिदेशीय सम्बन्ध आवश्यक छ : प्रचण्ड

२०७६ आश्विन २९,बुधबार १६:०६

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धिका लागि त्रिदेशीय सम्बन्ध आवश्यक रहेको बताएका छन् ।

नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले नेपाल, भारत र चीनबीचको सुमधुर सम्बन्ध र आपसी सहयोगबाट नेपालले लाभ लिन सक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भारतको सहयोगमा अमलेखगञ्जमा पेटोलियम पाइपलाइन स्थापना भएको स्मरण गर्दै हालै चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा दिएको बचन ऐतिहासिक भएको बताए ।

उनले आफू प्रधानमन्त्री रहेका बेला भारत र चीन भ्रमणका क्रममा आफूले त्रिदेशीय सम्बन्धको बारेमा कुरा उठाएको बताउदै नेपालको हितका लागि यस्तो सम्बन्ध आवश्यक रहेको उल्लेख गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*