हत्या गरेको अभियोगमा दुई जना पक्राउ

२०७६ आश्विन २९,बुधबार १५:१८

सुर्खेत, २९ असोज । चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, हत्या गरेको अभियोगमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक पक्राउ परेका हुन् ।

प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा निराजनलाई गुर्भाकोटबाट र विनोदलाई महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौँको समन्वयमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार यामबहादुरको यही असोज २२ गते भान्सा कोठामा कुटपिटबाट मृत्यु भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*