केही वर्षमै परिवर्तनको महसुज हुन्छ : मन्त्री बाँस्कोटा

२०७६ आश्विन २९,बुधबार १५:०६

काठमाडौं, २९ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताएका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा) द्वारा आयोजित १० दिने पाँचखाल महोत्सवको आज शुभारम्भ गर्दै मन्त्री बास्कोटाले सो कुरा बताएका हुन् ।

उनले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गरे ।

मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्नसक्ने सामथ्र्य पाँचखालसँग रहेको बताए ।

उनले महोत्सवलाई मेला, पर्व, पराम्परा र संस्कृतिको रुपमा विकसित गर्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*