बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएपछि…

२०७६ आश्विन २९,बुधबार १४:३१

नुवाकोट, २९ असोज । नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि बुधबार (आज) केरुङ यातायातको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

त्रिशुलीबाट काठमाडौं गइरहेको बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातको बसले ठक्कर दिँदा ७ वर्षीय बालकलाई मृत्यु भएको हो ।

बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार, बालकको मृत्यु भएलगत्तै बट्टार बजार तनाबग्रस्त बनेको छ ।  बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोडसमेत गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*