ठगी गरेको आरोपमा बैंकका सञ्चालक समिति सदस्य पक्राउ

२०७६ आश्विन २९,बुधबार १४:२१

जनकपुर, २९ असोज । ठगी गरेको आरोपमा सहयोगी विकास बैंक लिमिटेड जनकपुरका सञ्चालक समितिका सदस्य दिपु भनिने दिपेन्द्रकुमार यादव पक्राउ परेका छन् ।

यादव जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको व्यक्तिगत रुपमा धितो राखिएको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा पक्राउ परेका हुन् ।

जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका यादवलाई प्रहरीले आज बुलबा टोलस्थित घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत धनुषामा उपस्थित गराई म्याद थप गराउने तयारी रहेको धनुषा प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*