प्रदेश प्रमुख कोईरालाद्वारा लोकसेवा आयोगको विधयेक प्रमाणिकरण

तु खबर संवाददाता
२०७६ आश्विन २९,बुधबार १३:४२

मकवानपुर, २९ असोज । प्रदेश नं. ३ मा लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवम् चारै विधिको व्यवस्थागर्न बनेको विधेयक २०७६ प्रमाणिकरण भएका छन् ।

प्रदेश नं. ३ को प्रदेश प्रमुख अनुराधा कोईरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोकसेवा आयोगकोे विधेयक २०७६ लाई आज प्रमाणिकरण गरेकी हुन् ।

आज प्रमाणिकरण भएको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भइ आन्तरिक मामिला तथा कानून मन्त्रालय र कानून मन्त्रालयबाट सिफरिस भइ आएको प्रदेश प्रमुख सचिवालय कानून महाशाखाका प्रमुख अधिकृत राजेश तामाङ जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*