विमानस्थल तोडफोड गर्ने सांसद साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०७६ आश्विन २९,बुधबार १३:१५

काठमाडौँ, २९ असोज । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषाले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो । प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*